बेलायतको अर्थव्यवस्थामा अनुमान लगाइएको भन्दा बढी नोक्सान

बेलायतको अर्थव्यवस्थामा अनुमान लगाइएको भन्दा बढी नोक्सान भएको जनाइएको छ । जनवरी र मार्चको बीचमा ब्रिटेनको अर्थव्यवस्थामा पहिला गरिएको अनुमान भन्दा धेरै नोक्सान भएको तथ्यांक बाहिर आएको छ । त्यहाँको अर्थव्यवस्था २।२ प्रतिशतले संकुचित भएको बीबीसीमा उल्लेख छ ।
जुन सन १९७९ बाट अहिलेसम्मको सबैभन्दा ठूलो नोक्सान भएको बताइएको छ ।

अफिस अफ नेशनल स्टैटिस्टिक्सले पहिला २ प्रतिशत कमि आउने अनुमान लगाएको थियो। मार्च महिनामा बढी आर्थिक झट्का लागेको तथ्यांक बाहिर आएको छ । त्यो समय कोरोना महामारीको प्रभाव पर्न सुरु भएको थियो । अर्थव्यवस्था घटेको सम्बन्धी तथ्यांकहरु बेलायतका प्रधानमन्त्री जोनसन बोरिसले गरेको भाषण भन्दा पहिला आएको बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *