एमसीसी र अतिक्रमित भू-भाग फिर्ता गर्नु पर्ने भन्दै चन्द्रागिरीमा विरोधमा प्रदर्शन

अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मेलेनियम च्यालेन्ज कर्पोरेसेन (एमसीसी) र अतिक्रमित भू-भाग फिर्ता गर्नु पर्ने भन्दै चन्द्रागिरीमा विरोधमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित चन्द्रागिरीमा रहेको ११ दलिय युवा जागरण संयुक्त मोर्चाले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौं, एमसीसी धोका हो षड्यन्त्रको पोका हो, लिम्पियाधुरा कालापानी लिपुलेक हाम्रै हो, भारतीय सेना कालापानी छोड’ जस्ता नारा लगाउदै र्‍यालीको आयोजना सहित विरोध प्रदर्शन गरेका हुन् । थानकोटबाट सुरू भएको र्‍याली गुर्जुधारामा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी वैद्यका नगर इन्चार्ज सुरेश तामाङले देशलाई बचाउन र राष्ट्रिय स्वाधीनताको लडाइँमा यवाहरू सशक्त भएर एकताबद्ध तवरले लाग्नु पर्ने बताए । नगर ईन्चाज तामाङले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसि कुनै हालतमा संसदवाट पास हुन वाट रोक्न र जसरी भएपनि खारेजी गरिनु पर्ने उनको भनाई छ ।

राष्ट्रिय जनमोर्चाका नेता लीलाबहादुर जिसिले एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गत भएको भन्दै संसदको चालू अधिवेसनबाटै पारित गराउन प्रधानमन्त्री केपी ओलीले टुप्पीदेखि पैतलासम्मको बल लगाएको उनीहरुको आरोप छ। कार्यक्रममा नेपा पार्टीका केन्द्रीय कोषाध्यक्ष विष्णु भक्त गोपालीले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा केपी ओली यसलाई पारित गराउने दाउमा लागेको बताउद‌ै नेपाललाई विदेशी शक्तिको क्रिडास्थल र रणभूमि बनाउने एमसीसी सम्झौताको खारेजीका लागि नेपाली जनता पनि एकताबद्ध भएर संघर्षमा सम्मिलित हुँदै गइरहेका उल्लेख गरे । जनता समाजवादी नेपालका नेता राजु रोक्काले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका सीमा बचाउ अभियानमा सबै नेपाली एक भएर नेपाली भूमि फिर्ता गराउने अभियानमा सरिक हुनु पर्ने भन्दै राष्ट्रियताको पक्षमा सवैले बुलन्द आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । एमसीसी संसदको कार्यसूचिबाट नहटाउँदासम्म खारेजीका लागि एकसूत्रीय माग बनाउने निर्णय उनीहरुले गरेका छन्।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *