राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको मंगलबारको बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको छ । पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको तथा पछिल्लो समय आफैले दिएको अभिव्यक्तिले विवादमा तानिएका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिनुभएको थियो । अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको छ । उहाँ फर्किएपछि बालुवाटारमा नेकपाको स्थायी कमिटीको बैठक जारी छ । शुक्रबार बसेकाे बैठकमा ओली उपस्थित हुनुभएकाे थिएन भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित हुनुभएकाे थियाे ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *