नेकपा का २ अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा संवाद जारी, नेता खनाल र नेम्वाङ पनि सहभागी

झण्डै एकसाता संवादविहीन बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी रहेको छ । गत साउन १३ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एकतर्फ निर्णय गर्दै स्थगित गरेपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन । त्यसकाे ६ दिनपछि आज अध्यक्ष प्रचण्ड झलनाथ खनाललाई साथै लिएर बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो । बालुवाटारमा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी हुनुभएकाे भएको बताइएको छ । १३ गते ओली पक्षका स्थायी कमिटी बैठक स्थल बालुवाटारमा भेला नभएपछि बहुमत पक्षधर मानिएका प्रचण्डसहित माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु बैठकमा बसेका थिए ।

असार १० गतेबाट सुरु भएको (नेकपा)को स्थायी कमिटी बैठक ओली प्रचण्डको असमझदारीका कारण पटक पटक स्थगित हुँदै आएको छ । ओली एक्लैसँग वार्ता गर्दा धोका पाएपछि आइतबार पार्टीका बरिष्ठ नेता खनाललाई पनि लिएर जानुभएको बुझाइ छ । केहीदिन अघि दूई अध्यक्षबीच छलफल गराउन महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार गएर पहल गरेका थिए । सरकार पार्टी संचालनमा ओली असफल भइसकेको भन्दै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेताहरुले दुवै पदबाट राजीनामा माग्दै आउनु भएको छ । तर प्रधानमन्त्री ओली भने त्यसलाई प्रतिबाद गर्दै आफ्नो पक्षामा बहुमत पुर्याउने कसरतमा हुनुहुन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *