कोशी अस्पतालबाट ८ महिने बालिका सहित १४ जना डिस्चार्ज भएर घर फर्के

विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रबाट सोमबार १४ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरकी ८ महिने बालिकाले कोरोना जितेर फर्किएकी छिन् । डिस्चार्ज हुनेहरुमा झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । सो अस्पतालबाट डिस्चार्ज हुनेमा ८ महिने बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् ।

डिस्चार्ज हुनेहरु जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । सोमबार नयाँ संक्रमित थपिनेहरुमा विराटनगरका १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष गरेर ७ जना थपिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *