कर्णाली प्रदेशमा आज कोरोना जितेर ४५ जना घर फर्किए

कर्णाली प्रदेशमा कोरोना जितेर ४५ जना घर फर्किएका छन् । दैलेख अस्पताल नारायण आइसोलेसन सेन्टरबाट १७ जना, साल्कोट आइसोलेसन सेन्टर सुर्खेतबाट १४ जना, प्रदेश अस्पताल सुर्खेतबाट ६ जना, गुराँस आइसोलेसन सेन्टर दैलेखबाट ६ जना र लेखबेशी आइसोलेसन सेन्टर सुर्खेतबाट २ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्रदेशमा आज सम्म कोरोना जितेर घरफर्किनेको संख्या १ हजार १ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

आइतबारको बिज्ञप्तीमा कोरोना संक्रमण पुष्टि भएको भनिएका रुकुम पश्चिमका १ जना र सल्यानका १ जना पुनः रिपोर्ट नेगेटिभ आएको भन्दै मन्त्रालयले संक्रमितको सख्यामा १ हजार ४ सय २८ बाट २ जना घटाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट रुकुम पश्चिमका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४ सय २७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *