काठमाडौं उपत्यकामा सुस्तरी रुपमा संक्रमितहरुको संख्या बढ्न थाले

काठमाडौं उपत्यकामा सुस्तरी रुपमा संक्रमितहरुको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दा सोमबार एकै दिन काठमाडौं उपत्यकामा आठ जनामा कोरोना भाइरस संक्रमित देखिएका छन् । थपिएका आठ मध्ये ६ काठमाडौंका र १ ललितपुर तथा १ जना भक्तपुरका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएका परीक्षणमा काठमाडौँका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा १ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी काठमाडौंका ६ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै पाटन अस्पतालमा ललितपुरका १ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमणको पुष्टि भएको छ । उनीहरु काठमाडौं, ललितपुर र भक्तपुर कुन ठाउँका हुन भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *