कर्णाली राजमार्गकाे सुर्खेत-जुम्ला सडक खण्ड अवरुद्ध

कर्णाली राजमार्गकाे सुर्खेत-जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको दैलेख भुभागको ठाउँ–ठाउँमा पहिराे गएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी वीरबहादुर वलीले बताउनुभयो । दैलेखको आठबिस नगरपालिका- ३ जाग्सीको पहिरोमा खाँडाचक्र नगरपालिका- १ कालिकोटकी बसन्ती शाही नवजात शिशुसहित अलपत्र परेकी छन् ।

जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी शाहीको नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पतालले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको थियो । राजमार्गको पाल्तडा, जाक्सी, रामाघाट, पादुका लगायतका धेरै स्थानमा पहिरो गएको डिएसपी वलीले बताउनुभयो । राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो हटाउने काम भइरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *