लकडाउन खुकुलो पारेपछि आर्थिक वृद्धिदर बढ्यो – अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको लकडाउन खुकुलो पारेपछि आर्थिक वृद्धिदर बढ्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री खतिवडाले अत्यन्तै बढी आर्थिक क्रियाकलापहरु हुने पछिल्ला ५ महिनामा लकडाउन गर्नु परेकाले अर्थिक वृद्धिदर घटेको तर लकडाउन खुकुलो पारेपछि अर्थिक बृद्धिदरले ट्रयाक लिदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सार्वजनिक निर्माण र व्यापार उच्च हुने समयमा कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक स्थिति संकुचित हुँदा कुनै क्षेत्रमा नकारात्मक असर समेत पर्यो तर लकडाउन खुकुलो पारिदै आपछि अहिले आर्थिक वृद्धिदर बढ्दै छ ।’

उहाँले पहिलो प्राथमिकतामा अन्तर्राष्ट्रिय व्यापार बृद्धि भएको बताउनुभएको छ । पूर्ण लकडाउनका बेला नर्मल अवस्थामा हुे गरेकाे ब्यापारकाे मासिक २० प्रतिशत ब्यापार हुने गरेकोमा अहिले बढेर ८० प्रतिशत पुगेको बताउनुभयो । त्यस्तै भन्सार र आन्तरिक राजस्व पनि ८० प्रतिशत नै पुगेको तर पूर्ण १०० प्रतिशत पुग्न बाँकी रहेको बताउनुभयो । लकडाउनपछि रोकिएको विप्रेशण बढाउन बैदेशिक रोजगारीका लागि पनि बिस्तारै सुरक्षित ढङ्गले तयारी थालिएको उहाँको भनाइ छ । यद्यपि अन्य मूलुकमै रोजगारीको श्रृजना भएकाले नेपालमा अन्य मुलुकबाट अपेक्षाकृत रुपमा रोजगारीका लागि नआएको मन्त्री खतिवडाले बताउनुभयो ।

नेपालमा लडकडाउन भएतापनि बिदेशी मुद्रा भने उल्लेखनीय जम्मा भएको बताउनुभयो । उहाँँले जेठ महिनामा मात्रै एक खर्ब रेमिट्यान्स जम्मा भएको बताउनुभयो । सामान्य अवस्थामा औसतमा ७० \७५ अर्ब हरेक महिना जम्मा हुने गरेको थियो । त्यस आधारमा लकडाउन भएतापनि २५ अर्ब बढी बिदेशी मुद्रा जम्मा भएको मन्त्री खतिवडाको भनाइ छ । यसको प्रभावले बैंकहरु लगानीका लागि तयार रहेको र बैकहरुको ब्याजदरसमेत घटिरहेको स्पष्ट पर्नुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *