पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु

रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ। अविरल बर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोमा पुरिएर एकैघरका चारजनाको ज्यान गएको हो । शुक्रबार साँझ परेको अविरल बर्षाले टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरा र एक छोरीको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

साँझको समयमा भएको बर्षाका कारण पहिरो गएको र अझै पनि लगातार पानी परिरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ । राजु बोटे रोजगारीको लागि भारतमा छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *