पहिरोका कारण (गोकुलेश्वर– दार्चुला) महाकाली राजमार्ग अवरुद्ध

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याबिन वाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। सडक भत्किएपछि सवारी साधन आवतजावतमा समस्या भएको छ ।

सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीबर्षदेखि पहिराले सडक अवरुद्ध हुँदै आएको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *