कोरोना भाइरस महामारीले विश्वका ५ लाख भन्दा बढी व्यक्तिले ज्यान गुमाए

कोरोनाभाइरस महामारीले विश्वका पाँच लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । चीनमा गत वर्ष डिसेम्बर महिनामा पहिलो पटक देखापरेको सार्स–कोभ–२ को सङ्क्रमण विश्वका एक करोड व्यक्तिमा सरेको छ । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार सङ्क्रमितमध्ये पचास प्रतिशत संयुक्त राज्य अमेरिका र युरोपका छन् । यद्यपि अमेरिकामा सङ्क्रमण फैलने क्रम अझै रोकिएको छैन । दक्षिण एसिया र अफ्रिकामा समेत सङ्क्रमण फैलिँदो क्रममा छ ।

पछिल्लो छ दिनमा मात्रै दश लाख व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै करिब २५ लाख व्यक्ति सङ्क्रमित छन् । एक लाख २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राज्यहरूमा फेरि लकडाउन गरिएको छ । टेक्सस, फ्लोरिडा र अन्य राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा फैलिँदा सतर्कताका उपायहरू सशक्त बनाइएका छन् । ब्राजिल दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो । ब्राजिलमा १३ लाख सङ्क्रमित छन् । त्यहाँ ५७ हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । बढ्दो सङ्क्रमणका बीच रियो दि जेनारियोले जुलाइ १० देखि खेलमैदान पुनः खुला गर्ने जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *