बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन – भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक संजालमार्फत् प्रश्न गर्नुभएको छ। आफूलाई प्रधानमन्त्रीबाट हटाउन देशभित्र र बाहिरबाट चलखेल भएको प्रधानमन्त्री ओलीको दावीलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत ‘हटाउने समय कहिले हो ?’ भन्ने प्रश्न गर्नुभएको छ । हिजाे आइतबार जबजका प्रवर्तक मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल सुरु भएकाे बताउनुभएकाे थियाे ।

भट्टराईले बहुमत प्राप्त दलका प्रधानमन्त्रीलाई हटाउने प्रावधान सजिलो नभएको भन्दै नेकपाभित्रको विवादको विषय भएको संकेत गर्नुभएकाे छ । ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?’ भट्टराईले ट्विटमा लेख्नुभएकाेक छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *