पाकिस्तानमा पछिल्लो २४ घण्टामा ४,०७२ कोरोनाको नयाँ केसहरु भेटिए

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ४ हजार ७२ कोरोनाको नयाँ केसहरु भेटिएको छ । यो संगै त्यहाँ संक्रमितको संख्या २ लाख २ हजार ९ सय ५५ पुगेको छ । पाकिस्तानको पञ्जाव र सिन्ध प्रान्तमा कोरोनाको संक्रमणले सबै भन्दा बढी प्रभावित भएको छ । राजधानी इस्लामाबादमा पनि अहिले सम्म १२ हजार भन्दा बढी संक्रमितको पुष्टि भइसकेको छ । पाकिस्तानमा अहिलेसम्ममा ४ हजार एक सय १८ मानिसहरुको कोरोनाबाट ज्यान गएको छ । जसमध्य पछिल्लो २४ घण्टामा ८३ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानका स्वास्थ्य विभागले प्रतिदिन औसतमा २५ हजार कोरोना परीक्षण गरिरहेको दाबी गरेको छ ।

स्वास्थ्य विभागका अनुसार अहिले सम्म ९२ हजार ६ सय २४ बिरामीहरु उपचारपछि निको भएर घर फर्किएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको महामारीको समयमा आफ्नो टीमले काम गरेकोमा आफू खुसी रहेको बताए । इमरानले आफ्नो ट्वीटमा लेखेका छन्, “यदि सबै व्यक्तिले सरकारका दिशानिर्देशन अनुशरण गरेमा हामी यो महामारीबाट हुने सबैभन्दा खराब अवस्थाबाट बच्न सक्छौं।”

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *