श्रीलंका सरकारले कोरोना संक्रमणको रोकथामका लागि लगाएको कफ्र्यू पूरै हटायो

श्रीलंका सरकारले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मार्च महिनादेखि लगाएको कफ्र्यू पूरै हटाउने निर्णय लिएको छ । स्थानीय प्रशासनका अनुसार दिनको कर्फ्यू बिस्तारै अन्त्य गरिएको छ । यद्यपि मध्यरात अगाडि चार घण्टा सम्म केहि प्रतिबन्ध लगाइएको थियो । स्थानीय अधिकारीहरूले व्यक्तिहरूलाई व्यक्तिगत स्तरमा सावधानी अपनाउन र सामाजिक दूरी जस्ता आवश्यक नियमहरू अनुशरण गर्न आग्रह गरेका छन् ।

अब कर्फ्यू पूर्ण रूपमा हटाइसकिएको पनि उनीहरुको भनाइ छ । कडा लकडाउन र व्यापक कोभिड परीक्षणले श्रीलंकालाई अन्य दक्षिण एसियाली देशहरू भन्दा कम मृत्यु दर कायम राख्न मद्दत गरेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *