अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या २५ लाख बढी पुगे

अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या २५ लाख बढी पुगेको छ । कोरोनाको सबैभन्दा बढी संक्रमण फ्लोरिडा र टेक्ससमा रहेको जनाइएको छ बीबीसीका अनुसार शनिबार फ्लोरिडामा लगातार दोस्रो दिन ९ हजार भन्दा बढी संक्रमितहरु फेला परेको छ । त्यहाँ अहिलेसम्म एक लाख ३२ हजार संक्रमित पुगेको छ, भने ३ हजार ३ सयको ज्यान गएको छ ।

संक्रमण फेरि तीव्र गतिमा बढेपछि शनिबार फ्लोरिडामा प्रशासनले एक पटक फेरि कडाइ गरिएको छ । शुक्रबार टेक्सासमा फेरि प्रतिबन्ध लगाइएको छ। अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म १ लाख २८ हजार मानिसहरुको ज्यान गएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *