पहिरोका कारण हिजोदेखि घोराही होलेरी शहिद मार्ग अवरुद्ध

पहिरोका कारण हिजोदेखि घोराही होलेरी शहिद मार्ग अवरुद्ध भएको छ। घोराही उपमहानगरपालिका १९ च्यानगैरामा हिजो साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा अहिले सयौं ठूला तथा साना सवारी जाममा परेका छन्। छोटाे तथा लामाे दूरीकाे गन्तव्यका लागि हिँडेका केही सवारीहरु अाएकै ठाँउतिर फर्कने गरिरहेका छन् भने अत्यावश्यक सवारी समेत शहिद मार्ग भएर आवतजावत गर्न सकिरहेका छैनन्।

रोल्पा लगायत, रुकुम, सल्यान र प्युठान जिल्लाका सवारीसमेत यसै सडक भएर आवतजावत गर्ने गर्दछ्न्। पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बिरामी बोकेर दाङ अस्पताल जाने एम्बुलेन्ससमेत फर्कन थालेका छन्। वर्षायाम शुरु भएसँगै ठाँउ-ठाउँमा पहिरो खस्ने घोराही होलेरी शहिद मार्गमा यात्रा गर्दा जोखिम रहेकोले यात्रुहरुमा त्रास रहेको छ। हिजो साँझ करिब ५ बजेतिर पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन कुनै पनि निकायले चासो दिएका छैनन्।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *