बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप

बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किएका छन् । बन्दाबन्दीको समयमा कन्टेनर क्षमताभन्दा करिब चार गुणा बढी पुगेकोमा बन्दाबन्दी खुकुलो भएपछि आधा घटेका हुन् तर गन्तव्यसम्म पुग्न नपाई थन्किएका कन्टेनर अहिले पनि क्षमताभन्दा दोब्बर रहेका छन् ।

सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारका अनुसार एक हजार ५४२ टीयूई कन्टेनर राख्न सक्ने क्षमता रहेको बन्दरगाहमा तीन हजार ४३३ कन्टेनर थन्किएका छन् । उहाँले दैनिक दुई ¥याक अर्थात् करिब १८० कन्टेनर आइरहेका तर बन्दरगाहबाट जानुपर्ने सङ्ख्यामा कन्टेनर नगएकाले भन्सार क्षेत्रमा थन्किएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *