स्वदेश फर्किन चाहने जापानका नेपालीले यही असार १६ गतेभित्र फर्म भरिसक्नुपर्ने

स्वदेश फर्किन चाहने जापानका नेपालीले यही जुन ३० तारिख अर्थात् असार १६ गतेभित्र फर्म भरिसक्नुपर्ने भएको छ । जापानस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गरी नेपाल फर्किर्नैपर्ने अवस्थामा रहेका नेपालीले फर्म भरिसक्नुपर्ने समय सीमा तोकेको हो । यस अवधिभित्र फर्म नभरे पछि अन्य माध्यमबाट चार्टर्ड उडानमा नेपाल आउन पाऊँ भनेमा नपाइने दूतावासको सूचनामा उल्लेख छ ।

यसअघि यही जुन २० र २५ तारिख जापानबाट जहाजमा नेपालीलाई स्वदेश ल्याइएको थियो । त्यसबेला छुटेका नेपालीलाई स्वदेश फर्किन अवसर प्रदान गर्न फर्म खुलाइएको दूतावासले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *