एक जना महिलालाई २ लाख भारतीय रुपैयासहित जिल्ला प्रहरी कार्यालय मोरङद्वारा पक्राउ

एक जना महिलालाई २ लाख भारतीय रुपैयासहित जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको छ । भारतीय नाका सिल भएको बेला विराटनगर महानगरपालिका वडा नं. १५ रानीबाट सुराकीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ५ सय दरका ४ सय थान भारतीय रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको मोरङ प्रहरीका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *