वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुग्यो

ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातìव विभागले जनाएको छ । पुरातत्व विभागका प्रमुख पुरातìव अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’’

चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् । केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयाे । यो खबर आजको गोरखपत्र दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *