कतार, दुवई र कुवेतबाट ६ सय ९ जना नेपाली नेपाल आइपुगे

कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ६०९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् । कतारबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५८ जना र यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना स्वदेश आइपुगेका हुन् । त्यस्तै कुवेतबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १४९ जना र कुवेतबाटै आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत काटमाडाैं आइपुगेका छन् ।

नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत तीन जना गर्भवती, सात जना सुत्केरी, दुई नाबालक र १४६ जना पुरुष स्वदेश फर्केका हुन् । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको विमान नेपालको समय अनुसार ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *