काठमाडौँ उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य नबसे कारवाही

तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा पनि अब तपाईंले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृहमन्त्रालयले उपत्यकाबाट काठमाडौँ आएर कोरोना परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिएमात्र अस्पताल आउन भनेको छ ।

गृहमन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ । पत्रमा नियमानुसार आवश्यक कारवाही गर्न पनि आदेश दिइएको छ । याे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *