अल्बिदा दीपक! भारतीय सेनाको सेवा १७ बर्ष पूरा, अब पेन्सन निक्लन्छु भन्थे गुल्मीका दीपक कार्की!

गत बर्ष नै भारतीय सेनाको सेवा १७ बर्ष पूरा भएपछि जागिर पुग्यो अब पेन्सन निक्लन्छु भन्थे गुल्मीका दीपक कार्की । पेन्सनपछिको सपनालाई जोडेर उनले गत बर्ष मात्रै रुपन्देहीमा नयाँ बनाएर बसाई सराई गरेका थिए । तर तिनै दीपक अब कहिल्यै रुपन्देही नफर्कन गरी भारतको कश्मिरमा ढलेका छन् । सोमवार उनले जम्मु कश्मिरमा भएको गोलाबारीमा परि ज्यान गुमाएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मणिग्राममा घर बनाएर बसाई सराई गर्दै गत बर्ष पेन्सन निक्लेर आउने सोच सहित गएका कार्कीलाई हवल्दारको प्रमोशनले पेन्सन निक्लेर घर आउने सपना चुडालेको परिवारजन बताउँछन । उनका दाई नरेन्द्र कार्की भन्छन ‘पोहोर साल नै पेन्सन निक्लन आँटेको बेला हवल्दारमा प्रमोशन भए पछि रोकिएका थिए, १७ बर्ष जागिर पुगेको थियो, पोहर मात्रै मणिग्राममा बसाई सराई गरेका हुन ।’

छन त उनको गुल्मीको खज्र्याङ बजारमा पनि पक्की घर छ । उनका अनुसार कार्कीकी श्रीमति प्रतिमा कार्की आज एक जना सहयोगीसहित श्रीमानको शव बुझ्न गोरखपुर पुगेकी छन । आमाको मृत्यु भइसकेको छ । ९० बर्षीया बाबु शालिकराम कार्की श्रीमति र दुई छोरी एक छोरा सहित मणिग्राम सरेका थिए । ९ बर्षीया, ७ बर्षीया छोरी र ४ बर्षीय एक छोरा रहेको दाजु कार्कीले बताए । ३/५ गोर्खा राईफल्समा रहेका कार्कीका पुख्र्यौली घर साविक खज्र्याङ गाविस वडा नम्वर ७ गल्फाकोटमा पर्दछ । उनका दाजु कृष्णबहादुर कार्की केहि दिन अघि भारतबाट घर आएर छत्रकोटको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेको त्यस वडाका वडाध्यक्ष कृष्ण पन्थले जानकारी दिए । १८ बर्ष अघि भारतीय सेनामा भर्ति भएका कार्कीको उमेर अहिले ३८ बर्ष भएको परिवारजनले बताए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *