आज मध्यपूर्व (खाडी) का २ मुलुकबाट ३१० जना नेपाली स्वदेश आइपुगे

विदेशमा रहेका नेपालीहरु फर्कने क्रममा आज मध्यपूर्व (खाडी) का दुई मुलुकबाट ३ सय १० जना स्वदेश आइपुगेका छन् । जसमा ३ नेपाली कामदारको शव समेत आएको छ । बहराइनबाट नेपाल एयरलाइन्सको आरएनए २३७६ विमानमार्फत १ सय ५० जना नेपाली कामदार स्वदेश फर्किएका हुन् भने कुवेतबाट जजिरा एयरलाइन्समार्फत १ सय ६० जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुवेतबाट आएका सबै १ सय ६० यात्रु महिला मात्र रहेका छन् । बहराइनबाट ३ नेपाली कामदारको शव पनि काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले न्यूज २४ लाई जानकारी दिएको छ । आज स्वदेश फर्किएकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सम्बन्धित गृहजिल्ला पठाइने भएको छ । उनीहरुलाई विभानस्थलबाट काठमाडौँको विभिन्न स्थानमा बनाइएको होल्डिङ सेन्टरमा लगिनेछ । बहराइनबाट आएका ३ जनाको शव भने विमानस्थलमा नै आफन्तलाई बुझाइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *