चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा

इलाम जिल्लाका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेका छन् । सूर्याेदय नगरपालिकाले लकडाउन केही खुकुलो भएका बेला बेरोजगारको हातमुख जोर्ने अवसर दिनेगरी योजना सञ्चालन ग¥यो । लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगरले यहीबेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा रोजगारी दिएपछि उनीहरूलाई खाने–लाउने मेलो मिलेको हो । नगरले वडा २ को रमिते खेलमैदान निर्माणमा ६७ जना, वडा ६ कार्यालय जाने सडक र कार्यालय परिसरको सडक स्तरोन्नतिमा ४८ जनालाई रोजगारी दिएको छ ।

वडा १४ को हजुरे खानेपानी मुहान संरक्षणमा पनि ३७ जनाले रोजगारी पाएको नगरका रोजगार कार्यक्रम संयोजक विष्णु रिजालले बताए । ‘लकडाउनका बेला राहत वितरण गर्नुभन्दा सुरक्षाका उपाय अपनाएर रोजगारी दिनु उचित लागेर हामीले कार्यक्रम सञ्चालन ग¥यौं,’ रिजालले भने, ‘बेरोजगार युवाले महिनादिन रोजगारी पाउनुभएको छ ।’ चालू वर्ष सूर्याेदयलाई यस कार्यक्रममा २५ लाख ९२ हजार रुपैयाँ विनियोजित छ । ‘कार्यक्रम सम्पन्न हुँदा सबै बजेट सदुपयोग हुने नै सम्भावना छ,’ संयोजक रिजालले भने, ‘तीनवटा योजनामध्ये २ वटामा ९६-९६ प्रतिशत र एउटामा ७५ प्रतिशत रकम श्रममै खर्च भएको छ ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *