उपत्यकाका विभिन्न स्थानबाट आज लागेकाे खण्डग्रास सूर्यग्रहण – तस्वीरमा

आज लागेकाे खण्डग्रास सूर्यग्रहण सकिएकाे छ । बिहान १०ः५० मिनेटबाट शुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिएकाे नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । ३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देखिएकाे भए पनि नेपालबाट भने खण्डग्रास सूर्यग्रहण मात्रै देखिएकाे हाे । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने बताइएकाे भए पनि बादलका कारण सबैले प्रस्टसँग देख्न सकेनन् । उपत्यकाबाट साढे १२ बजेतिर मध्यम ग्रहण देखिएकाे बताइएकाे छ । तस्वीर – रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *