दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान हाँसिल गर्‍यो

दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान हाँसिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिखदेखि १० तारिख सम्म आयोजना गरेको भर्चुअल प्रतिष्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो । प्रतियोगिता विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रविधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन ‘वी आर फार बट युनाइडेट ’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो । प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिष्पर्धा भएको थियो भने सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्याडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेका थिए ।

यसको साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको काता, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुते र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन । रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनी राई रहेका छन् भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् । दश दिने प्रतियोगितामा नेपालसहित बिभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मोरोक्को, बोस्निया, इस्कोजिया, अल्जेरिया, न्यूजिल्याण्ड र प्यालेष्टाइनका गरी कुल ३ सय १० जना खेलाडीहरु प्रतिष्पर्धामा उत्रिएका थिए । उत प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गर्नु भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *