कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि यार्सा टिप्नेको रोजीरोटी खोस्यो

जुम्ला पातारासी गाउँपालिका ४ तिर्खु गाउँका गणेश बोहोरा हरेक वर्ष पाटनमा यार्सा संकलन गर्न जान्छन् । यार्सा संकलनले उनको परिवारको रोजीरोेटी चलिरहेको हुन्थ्यो । यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुट्थ्यो । तर यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि न पाटनमा यार्सा टिप्न पाइएको छ, नत जिल्लाभित्रै सहज आवतजावत नै । उनले भने,‘यार्सा संकलन गर्न जान नपाउँदा रोजीरोटी खोसियो । छोराछोरीको पढाई प्रभावित हुने भयो । ’ यहाँको मुख्य आम्दानीको स्रोत नै यार्सा थियो ।

समुन्द्र सतहदेखि तीनदेखि चार हजार मिटरसम्मको उचाईमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि संकलन कार्य सुरु भइसक्थ्यो । यसपटक पाटनमा यार्सा संकलनमा रोक लाग्यो । यार्सा संकलन गरेर बर्षभरीको खाना जोहो गरौँला भन्ने जुम्लाबासीको आशा निराशामा बदलियो । कोरोनाको जोखिमभन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । यार्सागुम्बा संकलनमा रोक लगाइए सँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *