राहतका लागि श्रम गर्नुपर्ने काठमाडौँ महानगरपालिको निर्णय !

काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । अब महानगरपालिकाले तोकेको काम गर्नेलाई मात्र राहत उपलब्ध गराउनेछ । यसले राहतको दुरुपयोग हुने क्रम रोकिने महानगरपालिकाले जनाएको छ । यसअघि राहत वितरण गर्दा हुने खाने व्यक्तिसमेत सहभागी भएपछि त्यसलाई रोक्न महानगरले पहिला श्रम र त्यसपछि मात्रै राहतको नीति अख्तियार गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले मजदुर र विपन्न वर्गलाई लक्षित गरी राहतका लागि अनिवार्य रुपमा श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिए । ‘श्रम गरेपछि सोही आधारमा मात्रै राहत दिइनेछ, यो नीति लागु गर्दा वास्तविक श्रमिकले मात्रै सुविधा पाउँछन् र दुरुपयोग हुने क्रम पनि रोकिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *