बन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षकहरू विभिन्न तालिम र प्रशिक्षणमा जुट्दै

बन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरू विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन् । सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै विद्यार्थीलाई सिकाइमा निरन्तर जोड्न शिक्षकका राष्ट्रिय संस्थाले प्रशिक्षण र सहजीकरण गरिरहेका छन् । सहजीकरणका क्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ललितपुर जिल्ला समितिले २० दिने ‘टिचिङ विथ आइसिटी कम्पेटेन्सी बेस्ड अनलाइन वर्कसप’ सञ्चालन गरेको छ । कूल १६७ शिक्षक नियमित सहभागी अनलाइन प्रशिक्षण यही जेठ ९ गतेसम्म चल्नेछ । प्रशिक्षण गत वैशाख ३१ मा शुरु भएको सङ्गठनका जिल्ला अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । कार्यशालाको संयोजन विज्ञ शिक्षक दिनेशकुमार थापा तथा प्राविधिक सहयोग शिक्षक रामचन्द्र सुवेदी र हरि खड्काले गरिरहनुभएको छ ।

प्रशिक्षणकै सन्दर्भमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्मा, महासचिव हंश शाही, केन्द्रीय सदस्य कमला थापालगायतले शुभकामना र प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा विभिन्न विषयका विज्ञ र शिक्षाका केन्द्रीय निकायका अधिकारीले पनि सहजीकरण गरिरहनुभएको जनाइएको छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *