सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड रुपैयाँले घाटामा

आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च ६ खर्ब ३८ अर्ब १ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ६ खर्ब ४ अर्ब ६० करोड रहेको थियो ।

नौ महिनाको अवधिमा सरकारले ५५ अर्ब ४२ लाख आन्तरिक ऋण र ४५ अर्ब ७८ करोडबराबरको बाह्य ऋण परिचालन गरेको छ । २०७६ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ६२ अर्ब ३१ करोड (स्थानीय तहको खातामा रहेको ६२ अर्ब ८६ करोडसमेत) नगद मौज्दात रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को नौ महिनामा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च ५६ अर्ब ५३ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति ९३ अर्ब ५६ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ६० अर्ब ५४ करोड रुपैयाँ रहेको छ । याे खबर राजधानी दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *