लोकसेवाद्वारा सबै परीक्षा स्थगित !

लोकसेवा आयोगले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमका कारण परीक्षाको चरणमा प्रवेश गरेका बाहेकका सबै पदपूर्तिका कार्यक्रमहरू स्थगित गरेको छ । कोरोना संक्रमणका कारण सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मन्त्रिपरिषदको गत बैशाख १४ गते बसेको बैठकले आयोगबाट सन्चालन हुने सम्पूर्ण पदपूर्तिका कार्यक्रम स्थगन गर्न गरेको आग्रहपछि आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगित गर्ने निर्णय गरेको हो । आयोगको निर्णयसँगै निजामति सेवा, सुरक्षा निकाय, सार्वजनिक संस्थान र संठगित संस्थाका परिक्षाको चरणमा नपुगेका सबै तहको पदपूर्ति स्थगित भएको हो । परिक्षाको चरणमा प्रवेश गरिसकेको अथवा कुनै एक चरणको परिक्षा भैसकेकाको हकमा भने त्यसलाई रोक्न नमिल्ने भएकाले स्थिती सामान्य भएपश्चात नयाँ परिक्षा कार्यक्रम निर्धारण गरिने भएको छ ।

‘दरखास्त संकलन भैसकेका तर कुनै पनि चरणको कार्यक्रम परिक्षा कार्यक्रम सन्चालन नभएका विज्ञापन सरकारको अर्काे निर्णय नआएसम्मका लागि सवै परिक्षा कार्यक्रम स्थगन गरिएको छ,’ आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले भने ‘कुनै पनि पदको कुनै एक चरणको परिक्षा भैसकेको छ भने त्यसको हकमा भने पदपूर्ति कार्यक्रम रोक्न मिल्दैन, स्थिती सामान्य भएपछि परिक्षा कार्यक्रम सन्चालन हुन्छ ।’ सहायक प्रवक्ता सुवेदीले सरकारको अनुरोध अनुसार आयोगको सोमबार बसेको बैठकले पदपूर्ति स्थगन गर्ने सम्वन्धि विभिन्न निर्णय गरेको बताए । सोही बमोजिम लिखित परिक्षा सम्पन्न भएका र अन्र्तवार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरि पछि प्रकाशन गरिने आयोगले जनाएको छ । याे खबर नागरिक दैनिकमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *