अनलाइन कक्षा हाउगुजी मात्रै हो ?

लकडाउनका कारण शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । जसको घरमा इन्टरनेट, स्मार्टफोन र कम्प्युटर छ, उनीहरूले जसोतसो अनलाइन कक्षा लिइरहेका छन् । तर, जसको घरमा यस्तो सुविधा छैन, उनीहरूका लागि अनलाइन कक्षा हाउगुजी भएको छ । विज्ञहरूका अनुसार शिक्षा क्षेत्रमा बजेट छुट्याउँदा प्रविधिमैत्री शिक्षण संस्था बनाउन प्राथमिकता नदिँदा अहिलेको अवस्था आएको हो । महामारीलगायतका संकट आगामी दिनमा पनि आउन सक्ने भन्दै उनीहरूले डिजिटल सुविधा भएका विद्यालय आवश्यक रहेको औंल्याएका छन् ।

मंगलबार शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरले आयोजना गरेको ‘विद्यालय शिक्षा, कोभिड–१९ पछि र बजेट अघि’ विषयक भर्चुअल अन्तरक्रियामा विज्ञहरूले प्रविधिमैत्री शिक्षण संस्थाका लागि बजेट छुट्याउनुपर्ने बताए । साथै, जुन कुनै माध्यमबाट भए पनि विद्यार्थीलाई सिप र सिकाइ दिइराख्नुपर्नेमा समेत जोड दिए । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *