उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो

सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले सो निर्णय गरेको हो ।

यसअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी हुने गरेकोमा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सवारी पास जारी गर्ने निर्णय भएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *