सामाजिक सञ्जालमा भाइरल तस्बिर – ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे छानबिन हुँदै

प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीरको सन्दर्भमा छानबिन सुरु गरेको छ । उक्त तस्वीरमा ग्यास सिलिण्डर बोकेका एक पुरुषलाई एकजना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ । तस्वीरमा देखिएका सटर, पसल पनि सारा बन्द छन् ।

उक्त तस्वीरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार उक्त तस्वीर कहाँको हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोजी सुरु भएको छ । यदि प्रहरी दाेषी देखिए कारबाही हुने उनकाे भनाइ छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *