कोरोना भाइरस – कोरोना राहत कोषलाई सन्दीपले गरे १ लाख सहयोग !

विश्वभर फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले राहात कोषको स्थापना गरिएको छ । सो कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले पनि एक लाख रुपैयाँ सहयोग गरेका छन् । सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा एक लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै मानवताको परिचय दिउँ भन्दै सबै जना सुरक्षित रहन अग्रह समेत गरेका छन् ।

सन्दीप सामाजिक कार्यमा पनि अगाडि सरेको देखिन्छ । उनले यो भन्दा अगाडि पनि चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग गरेका थिए । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि चैत ११ देखि १८ गते सम्म लकडाउनका घोषणा गरेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *