कोरोना भाइरस सङ्क्रमण – अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्न अपिल

सरकारले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकलाई अपिल गरेको छ । यसरी भुक्तान गर्न नसकेको अवस्थामा थप जरिवाना वा सेवा अवरुद्ध नगरिनेसमेत निर्णय गरिएको छ । महसुल काउन्टरमा हुने भीडभाडका कारण सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । महसुल काउन्टरमा भीडभाड हुने भएकाले कोभिड–१९ को सङ्क्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्राहकमा अपिल गर्दछु, मन्त्री पुनले इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना पनि लिइने छैन भन्नुभयो ।

प्राधिकरणका अति संवेदनशील मानिने नो लाइट र भार सम्प्रेषण केन्द्र (एलडीसी)का कर्मचारीलाई सङ्क्रमणको जोखिम रहने अवधिसम्म कार्यालयमा आइसोलेसनमा राखिने भएको छ । नो लाइट र एलडीसीमा सीमित प्राविधिकका भरमा काम गर्नुपर्ने अवस्था छ, मन्त्री पुनले ती कर्मचारी कार्यालय आउजाउ गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुग्न सक्ने भएकाले कार्यालयमै आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ भन्नुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *