कोरोना संक्रमण – कपिलवस्तुका ३ वटै नाका बन्द, २ सय नेपाली दशगजा क्षेत्रमा अलपत्र

कोरोना संक्रमण जोखिम घटाउन कपिलवस्तुका ३ वटै ठूला नाका बन्द गरिएको छ । बिहान ७ बजेबाटै नाकामा आवतजावत पुरै रोकिएको छ। नेपाली सुरक्षा अधिकारीहरुले साे नाकामा बाँस तेस्र्याएर अवरोध गरेका छन् । सवारी साधन आवतजावत गर्ने जिल्लाका ठूला नाका कृष्णनगर र मर्यादपुर पूर्ण रुपमा बन्द छन् । त्यस्तै अर्को ठूलो नाका चाकलचौडा पनि बन्द गरिएकोछ । अन्य चल्तीका साना नाका हथिहवा-दोहनी, रंगपुर, हदौना र कुशहवा–बढनी पनि बन्द गरिएका छन् । सुरक्षाकर्मीले सतर्कता अपनाई नाका बन्द गरेका छन् । मानिस आवतजावत गर्न नपाउने गरि नाका बन्द गरिएको प्रहरीले बताएको छ ।

यसैबीच नाका बन्दका कारण २ सय नेपाली भारततर्फै अलपत्र परेका छन् । नेपाली सुरक्षा अधिकारीहरुले सोमवार विहान ७ बजेबाट नाका बन्द गरेका थिए। त्यसपछि आवागमन रोकिएको थियो । गृह मन्त्रालयले सोमवार १० बजेबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । विहान ८ बजे तिर नाका आइपुगेका प्रवासी नेपाली भने अलपत्र परेका छन् । उनीहरु नेपाल प्रवेश गर्न नपाएकाले अहिले दशगजा र भारतीय रेल्वे स्टेशन आसपास बसीरहेका छन् । उनीहरुलाई सीमामा रहेका भारतीय एसएसबीले नेपाल प्रवेश गर्न दिएको छैन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *