कोरोना भाइरस – भारतसँग सिमाना जोडिएका दाङका २६ नाका बन्द

कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका नाकारहरु बन्द गरिएको छ। दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको हो । बन्द गरिएका नाकामा कोइलावास, पटौली, सुनपथरी, भौवा, खाङ्ग्रा, डगमारा, गुरुङ, भैसाही सिरिया, भौरिसाल, मुन्सीलगायतका २६ नाका छन् ।

स्थिति सहज नहुँदासम्म ती नाका पूर्णरूपमा बन्द रहने जनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिनका लागि दुई देशका अधिकारीबीच सहमति भएर दुवैतर्फको नाका आइतबारदेखि पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले बताए । नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी निगरानी बढाइरहेका छन् । यसअघि कोइलावास नाकामा भने जनस्वाथ्य कार्यालयले हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण गर्दै आएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *