बहराइनमा तीन नेपालीलाई कोरोना भाइरसको संक्रमण, आशंकामा अन्य ३ जना क्वारेन्टाइनमा

बहराइनमा तीन नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी अन्य तीन जनालाई पनि कोरोना आशंकामा क्वारेन्टाइनमा राखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । संक्रमण आशंकामा परीक्षण गरिएका तीनजनाको शनिबार पोजेटिभ रिपोर्ट आएको दूतावासले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका उनीहरुको नाम गोप्य राखेर बहराइन सरकारले उपचार गरिरहेको बताइएको छ । अन्य तीनजना पनि कोरोना आशंकामा क्वारेन्टाइनमै रहेका छन् ।

उनीहरु रहने घरमा इटालीबाट फर्किएका एकजनामा सबैभन्दा पहिले कोरोना भाइरसको संक्रमण फेला परेको थियो । त्यसपछि सो घरमा बस्ने सबैलाई बहराइन सरकारले क्वारेन्टाएइनमा राखेको बताइएको छ । क्वोन्टाइनमा राखिएका नेपालीहरुमा दुई पुरुष र एक महिला रहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *