चन्द्रागिरी हिल्सको केवलकार केही दिनका लागि आजबाट बन्द हुने

चन्द्रागिरी हिल्सको केवलकार केही दिनका लागि आजबाट बन्द हुने भएको छ। विश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीले गर्दा आइतबारदेखि चन्द्रागिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गर्न लागेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै भाइरस फैलनबाट सजक हुनु पर्ने भन्दै हिल्सको बोर्डको निर्णय अनुसार केही दिनको लागि केवलकार बन्द हुने जानकारी दिए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए। ‘अस्ति सरकारले अतिआवश्यक सेवाबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,’ – शाहले भने अर्को निर्णय नभएसम्म बन्द रहने छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *