पर्यटन मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको छ । विमानस्थलमा कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको हो । चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि विभानस्थलमा विदेशबाट आउने यात्रुलाई कोभिड–१९ को स्वास्थ्य जाँच गरिरहेको छ ।

कोभिड–१९ को शङ्का लागेमा सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गर्दछ । विमानस्थलमा घरेलु र अन्तरराष्ट्रिय गरी चार ठाउँमा आउने जाने यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *