कोरोना भाइरस – तामामा भन्दा स्टिल र प्लाष्टिकमा धेरै बाँच्छ ?

नयाँ कोरोना भाइरस हावामा वा सतहमा कति समय सम्म टिक्न सक्छ भन्ने विषयमा बेलायतमा गरिएको एक अध्ययनले स्टिल र प्लास्टिकको सतहमा यो तीन दिनसम्म जिवित रहन सक्ने पाइएको छ । न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । साथै संक्रमित व्यक्तिले खोक्दा वा स्वास फेर्दा हावामा आउने साना पानीका कणमा भने तीन घण्टासम्म बाँच्न सक्ने पाइएको छ ।

अध्ययनले नयाँ कोराना भाइसरको मानिसको शरीर बाहिर बाँच्न सक्ने क्षमता सार्स कोभ १ भाइरस जसले सन् २००२ मा सिभियर एक्युड सेरपिडरी सेन्ड्र«म (सार्स)को संक्रमण फैल्याएको थियो सो सँग मिल्दो जुल्दो पाइएको सीएनएनले समाचारमा जनाएको छ । सो अध्ययनले नयाँ कोरोना भइरस अन्य सतहहरूमा कति समय बाँच्नसक्छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको जनाएको छ । अध्ययनका क्रममा स्टिल र प्लास्टिकको सतहमा राख्दा ७२ घण्टा बाँचेको थियो भने तामाको सतहमा राख्दा जम्मा चार घण्टा र कार्ड बोर्डमा राख्दा २४ घण्टा बाँचेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *