कोरोना भाइरसका कारण शेयर कारोबार ५ दिन बन्द गर्न छलफल

कोरोना भाइरसका कारण विश्वभर शेयर बजार प्रभावित भइरहेको वेला नेपालमा पनि शेयर कारोबार रोक्नेबारे छलफल भएको छ । यस अवस्थामा शेयर बजार बन्द गर्नुपर्ने लगानीकर्ताहरुले माग गरेपछि धितोपत्र बोर्डले छलफल थालेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बजार बन्दको माग सकारात्मक रहेको बताएका छन् । लगानीर्कताहरुले करिब एक महिना बजार बन्द गर्न माग गरे पनि बोर्डले भने ५ दिन मात्र बन्द गर्न सकिने जनाएको छ ।

बोर्डले थालेको छलफलमा धितोपत्र ऐन २०६३ ले बजार सञ्चालक नेप्सेलाई ५ दिनसम्म कारोबार बन्द गर्नसक्ने अधिकार दिएको छ । नेप्सेले बोर्डलाई अनुरोध गरेपछि निर्णय दिन सक्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *