कोरोना भाइरस – काठमाडौँका विभिन्न स्थानमा हात धुने स्टेसन

कोरोना भाइरसको संक्रमण हुन नदिन काठमाडौँका विभिन्न स्थानमा संघ-संस्थाहरुले चेतनामूलक कार्यक्रम संचालन गरेका छन् । कोरोना भाइरससँग डराउने कि कोरोनालाई हराउने ? भन्ने नाराका साथ काठमाडौँका विभिन्न संघ-संस्थाहरुले सार्वजनिक ठाउँमा हात धुने स्टेशन राखेका छन् । मैतिदेवी, न्यूरोड लगायतका क्षेत्रमा स्थानीय संघ-संस्था तथा व्यापारीहरुले बटुवाहरुलाई हातमुख धुन आग्रह गर्दै साबुन-पानीको व्यवस्था गरेका छन् ।

सार्वजनिक स्थानमा कोरोनाविरुद्ध लड्न साबुन पानी राखिदिएपछि बटुवाहरु समेत खुसी भएका छन् । यो समय हल्ला गर्नेभन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्ने बेला भएकाले सबैले सचेत भएर कोरोना विरुद्ध एक जुट हुन आवश्यक रहेको अभियन्ताहरुको भनाइ छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *