चलचित्र ‘सेन्टिभाइरस’ लाई कोरोना भाइरसको प्रभाव !

अभिनय कर्मलाई थाँती राखेर विकासे अभियन्ताका रूपमा सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले पछिल्लो समय बनाएको चलचित्र ‘सेन्टिभाइरस’ लाई कोरोना भाइरसले प्रभाव पारेको छ । यद्यपि सेन्टि भाइरसको आम्दानीको ५० प्रतिशत रङ्गशालामा लगाउने घोषणा धुर्मुस–सुन्तलीले गर्नुभएको छ । पछिल्लो विकासे प्राजेक्टको रूपमा चितवनको रामपुरमा ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला’ बनाउँदै गरेका धुर्मुस–सुन्तलीको ‘सेन्टिभाइरस’ ले आशातित सफलता पाउन सकेन । हास्य कलाकार धुर्मुसले भन्नुभयो, “दर्शकको साथ भए पनि कोरोनाको महामारीले चलचित्रलाई नराम्रो असर पा¥यो ।” उहाँले चलचित्र प्रदर्शनीको दोस्रो हप्तासम्म राम्रो आम्दानी भए पनि त्यसपछि कोरोनाको प्रभाव देखिएको बताउनुभयो । चलचित्रले दुई हप्तामा चार करोड रुपियाँ कुल आम्दानी गरेको दाबी उहाँको छ । उहाँले चलचित्र समीक्षकबाट समेत राम्रो प्रतिक्रिया र सहयोग पाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रको विषयमा समीक्षा गर्नु उहाँहरूको अधिकार हो । पहिलो प्रयास हो, कमजोरी भए होलान् । आगामी दिनमा त्यो सुधार्नेछु ।” हाँस्य शृङ्खला मेरी बास्सैबाट लोकप्रियता कमाएका धुर्मुसले हास्यकलाकार दीपकराज गिरीका दुई चलचित्रमा काम गर्नुभएको थियो ।
कृषि र पशुपालनमा समेत एक समय सहभागी बनेका धुर्मुस–सुन्तली २०७२ सालको भूकम्पपछि सामाजिक अभियानमा सक्रिय बन्नुभएको हो । काभ्रे र सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि घर बनाएका सीताराम–कुञ्जनाले धुर्मुस–सुन्तली फाउन्डेसन नै स्थापना गरेर तराईका मुसहर जातिका लागि घर बनाइदिएका थिए । सामाजिक अभियानका क्रममा अभिनय ओझल परेपछि धुर्मुस–सुन्तलीले अभियान र अभिनय सँगसँगै लैजाने प्रयासको थालनी गर्नुभएको थियो । त्यही प्रयासमा रूपमा सेन्टिभाइरस निर्माण गरिएको थियो । चलचित्रमा धुर्मुस–सुन्तलीको अभिनय रहेको छ । उहाँले अबको २२ महिनामा रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पेसाको निरन्तरताका लागि चलचित्रमा अभिनय गरेको । समाजसेवा भनेको त मनको आनन्द हो, यसलाई कहिल्यै छोड्न सकिँदैन ।” उहाँले चलचित्रको नाम ‘सेन्टी’ भए पनि दर्शकलाई चाहिँ हँसाउने विश्वास व्यक्त गर्नुभयो । सामाजिक अभियानमा लागिरहेकै बेलामा चलचित्रमा फर्किन गाह्रो भएको अनुभव कुञ्जना घिमिरेको छ । कलाकार कुञ्जनाले दर्शकमा रङ्गशालाप्रति अपनत्व महसुस गराउन पनि रङ्गशालाको निर्माण र चलचित्र अभिनयलाई जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शक, स्रोतालगायत सबैको सहयोगले रङ्गशाला बन्दैछ, पहल हामीले ग¥यौँ, सहयोग सबैको हो ।” उहाँले आफूहरूलाई पीडा हुँदा रूने ठाउँ नै दर्शक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनको भावना पोख्नका लागि दर्शकको काख नै त चाहियो नि होइन र ?” उहाँले जनताको पैसाबाट चलचित्र बनाएको भन्ने आरोपसमेत आपूmले खेपेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनबाट सेन्टिभाइरस नबनेको स्पष्ट पार्नुभयो । पारिवारिक तथा राजनीतिक विषयवस्तु समेटेर बताइएको चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायत कलाकारको अभिनय रहेको छ । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी, शङ्कर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको सङ्गीत छ । सेन्टिभाइरस फागुनको ९ गतेबाट प्रदर्शनमा आएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *