दूधको उचित मूल्य नपाएको बाँकेको राप्तीसोनारी किसानको गुनासो

बाँकेको राप्तीसोनारी गाउँपालिकाका दुग्ध उत्पादक किसानहरूले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । आफूहरूले उत्पादन गरेको दूध बिक्री गर्दा सरकारले निर्धारण गरेको मूल्य नपाउने गरेकोले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ । राप्तीसोनारी गाउँपालिका वडा नं। ९ ढकेरीमा रहेको महादेवपुरी दुग्ध उत्पादक सहकारी संस्थाले सो क्षेत्रका दुग्ध उत्पादक किसानसँंग गरेको अन्तक्र्रिया कार्यक्रममा किसानहरूले दूधको उचित मूल्य नपाउँदा समस्यामा परेको गुनासो गरेका हुन् । ढकेरीका दुग्ध उत्पादक किसान सिर्जना शर्माले आफूहरूले उत्पादन गरेको दूधले उचित मूल्य नपाउँदा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको कार्यक्रममा बताउनुभयो । हामी किसानहरूले दूधको उचित मूल्य पाएका छैनौँ, बिचौलियाले सस्तोमा किनेर बीचमै खान्छन्, शर्माले भन्नुभयो, बिचौलियाले आफूहरूबाट ५० रुपियाँ लिटरमा दूध लिएर ८० रुपियाँमा बेच्ने गरेका छन्, हामी किसान मर्कामा छौँ । उहाँले सरकारले निर्धारण गरे अनुसारको दूधको मूल्य सबै किसानले पाउनुपर्ने माग गर्नुभयो ।

अर्का किसान वीरबहादुर डाँगीले पनि आफूहरूले उत्पादन गरेको दूध सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । यसले गर्दा उत्पादक किसानहरू मर्कामा परेको उहाँको भनाइ थियो । महादेवपुरीका किसानले मिहिनेत अनुसारको दूधको मूल्य पाउन सकेका छैनन्, जताबाट भए पनि किसान नै मारमा छन्, सम्बन्धित निकायको ध्यान जाओस्, डाँगीले भन्नुभयोध्र एवन डेरी उद्योगका सञ्चालक सन्तोष पौडेलले किसानको मागको समर्थन गर्दै शुद्ध र पोषणयुक्त दूध उत्पादनमा किसानले विशेष जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का अध्यक्ष महावीर ओलीले सरकारले तोकेको मूल्य किसानले पाउनुपर्ने मागको समर्थन गर्दै किसानद्वारा उत्पादित दूधलाई सहजै बजारसम्म पु¥याउन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *