पाल्पाको रामपुरमा व्यावसायिक सयपत्री फूलखेतीमा रमाउँदै थापा दाजुभाइ

व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गरेका छन् । शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई निरुत्साहित गर्दै व्यवसाय थालेको व्यवसायी दिलबहादुरको भनाइ छ । विवाह, अन्य मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमीरुपमा पनि गर्न थालेको उहाँले बताउनुभयो ।

हाम्रो आधुनिक कृषि फर्म सञ्चालन गरी केही वर्ष पहिलेदेखि मौसमी बेमौसमी तरकारी खेति थालेका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षण गरे पछि राम्रै हुने अनुभव लिएका छन् । गएको तिहारमा पनि फूलको गुच्छा, माला नारायणघाट, बुटवल, पोखरा, स्याङ्जा, तनहुँ र पाल्पाका विभिन्न स्थानमा बिक्री गरेर राम्रै आम्दानी भएको लालबहादुरले बताउनुभयो । बेमौसममा झन बिक्री हुन्न कि भन्ने चिन्ता भए पनि रामपुरमा सञ्चालित महायज्ञलगायत विभिन्न कार्यक्रम, विवाहमा फूल खरिद गरेकाले राम्रै बिक्री भएको थियो । करिब साढे ११ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरे पनि करिब दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गर्नुभएको दिनबहादुरले बताउनुयभयो । मागअनुसार पु¥याउन नसकिएको उहाँको भनाइ छ ।

सयपत्री फूलका कारण माटोलाई फाइदा हुने र किराले समेत नखाने हुँदा तरकारीभन्दा खेती गर्न गर्न सजिलो हुने उनीहरुको भनाइ छ । करिब १५ सय बिरुवाको उत्पादन बिक्री भइरहेको र अन्य थप ६०० बिरुवा रोपिसकिएको छ । “अब विवाह तथा प्रेमदिवसका अवसरमा गुलाब फूलको समेत माग भएकाले त्यसको खेती गर्ने सोच छ”, दिलबहादुरले भन्नुभयो । गत तिहारमा करिब रु एक लाख ५० हजार फूलबाटै मात्र आम्दानी भएको र यसपालि मेमौसममा रु तीन लाखसम्म आम्दानी हुने आशा दाजुभाइको छ । प्रतिमाला रु १०० र प्रतिकेजी फूलको रु ४०० मा बिक्री हँुदै आएको छ । यसअघि वैदेशिक रोजगारीमा गएका युवाले नेपालमै पनि मेहनत गरे प्रतिफल राम्रो हुने विश्वास गरेका छन् । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *