मेहेन्दी कार्यक्रममा अभिनेत्री आँचल शर्मा र प्रेमी डा. उदिप श्रेष्ठ

अभिनेत्री आँचल शर्माले बुधवार विवाहको मेहेन्दी लगाइन् । बिहीबार प्रेमी डा। उदिप श्रेष्ठ वैवाहिक जीवनमा बाँधिन लागेकी आँचलले निकै उत्साहित बनेर मेहेन्दीको रिवाज पुरा गरेकी हुन् । आँचल र उदिपले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए । जस अनुरूप नेपाली संस्कारमा नभएको र भर्खर नेपालमा भित्रिएको सङ्गीत र मेहेन्दी जस्ता कार्यक्रम आयोजना गरेका हुन् । मेहेन्दीमा उदिप पनि उपस्थित थिए भने दुवैले एक अर्कालाई मेहेन्दी लगाइदिएका थिए ।

आँचलले उदिपको हातमा आफ्नो नाम लेखिदिएकी छिन् भने उदिपले आँचलको हातमा । आँचल र उदिपको विवाह आज काठमाडौँको पाँच तारे होटेल हुँदै छ । दुईले विवाहमा आफन्त, साथीभाइ र सीमित चलचित्र कर्मीलाई मात्र निम्त्याएका छन् भने विवाहको रिसेप्सन पार्टी भने चैत्र १ गते राखेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *